१४ वर्ष जेल जीवनदेखि,दोस्रोपटक प्रधानमन्त्री सम्म ( राजनीतिक यात्रा )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१औँ प्रधानमन्त्रीमा बनेका छन् । २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका ओली नेपालको इतिहासमा कम्युनिस्ट पार्टीबाट दोहोर्‍याएर प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन्। उनले दोस्रो पटक बिहीबार राष्ट्रपतिबाट नियुक्ति पाएका हुन्। १ साउन २०७१ मा पार्टीको अध्यक्ष बनेका ओली २० असोज २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए।

को हुन् त ओली ? (संक्षिप्त जीवनी)

तेह्रथुम जिल्लामा माता स्वर्गीय राममाया ओली र पिता मोहनप्रसाद ओलीबाट वि.स. २००८ साल फागुन ११ गते ओलीको जन्म भएको थियो । ६६ बर्षीय ओलीका एक श्रीमती राधिका शाक्य छन् भने उनीहरुका सन्तान छैनन् ।

जन्म मिति र स्थान– वि.स. २००८साल फागुन ११ गते, तेह्रथुम

पिता– मोहनप्रसाद ओली

माता– स्व. मधु ओली

श्रीमती– राधिका शाक्य

हालको बसोबास– सूर्यविनायक नगरपालिका, भक्तपुर, नेपाल ।

अस्थायी निवास– शरणामती– ६, झापा, नेपाल ।

मन्त्रिपरिषद् सदस्य

– २०७४ फागुन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री

– २०७२ असोज २४ गते ३८ औं प्रधानमन्त्री

– २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री

– २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री

राजनीतिक यात्रा

– आवद्ध राजनीतिक दल– नेकपा एमाल

– वर्तमान जिम्मेवारी– अध्यक्ष, (२०७१ असार १९/२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन) 

– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–५ (२०७४) 

– संविधानसभा सदस्य– झापा क्षेत्र नम्बर– ७, (२०७०), एमाले संसदीय दलको नेता चयन

– संविधानसभा सदस्यमा पराजित– झापा क्षेत्र नम्बर– ७ (२०६४) 

– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ र २ (२०५६), नेकपा (एमाले) दलको उपनेता चयन 

– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ (२०५१) 

– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ (२०४८) 

विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको 

जिम्मेवारी बहन

– २०२५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व

– २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त

– २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन

– २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन

– २०४४ पुस २ गतेबाट धादिङमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी

– २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।

– २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।

– २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

पक्राउ र जेल जीवन

– २०२७ र २०३० का बीचमा पटक पटक गरी १० पटक बढी गिरफ्तारी

– २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ

– पहिलोपटक रौतहटको गौर जेलमा २ दिन मात्र

– त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान

– २०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान

– ३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान

– २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा र, त्यसपछि गोलघर बाहिर

– २०३३ साउनमा नख्खु जेल चलान

– २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै

– २०३६ जेठमा गोलघर बाहिर

– २०३७ चैतमा पुनः नख्खु जेल चलान

– २०३९ माघ ३ मा पोखरा जेल चलान

– २०४२ कात्तिकमा स्याङ्जा जेल चलान

– २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान

– ०४३ माघ १२ मा भद्रगोल जेल चलान

– २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा

– अन्तिमपटक तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।

– पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन

सम्बन्धित शिर्षकहरु