भारत उड्नु अघि पूर्वराजाको दार्शनिक प्रतिक्रिया-‘रुखको पात फेरिए पनि जरा फेरिँदैन’

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र सोमबार झन्डै दुई हप्ताका लागि भारत प्रस्थान गरेका छन्। अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमानबाट कोलकाता लागेका हुन । राजकाज छोडेका पूर्वराजाले सञ्चारकर्मीलाई छोटो तर दार्शनिक प्रतिक्रिया दिए। ‘हामीले प्रकृतिबाट सिक्नुपर्छ। रुखका पात झरे पनि फेरिए पनि जरा कहिलै फेरिन्न।’
लक्ष प्राप्तिका लागि विभिन्न बाटो अपनाए पनि एउटै सिद्धान्तमा अडिग रहनु पर्ने उनको भनाइ थियो।

पूर्वराजा ज्ञानेन्द्र कोलकाता हुँदै उडिसा पुग्नेछन्। पूर्व राजा शाह उडिसास्थित गोबर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिनेछन्।

के छ कार्यक्रम ?

पूर्वराज बुधबार सम्म कोलकातामै रहने कार्यक्रम रहेको छ । बिहीबार भने पूर्वराजाले गौशाला डब्लु डब्लु डब्लु काउको उद्घाटन गर्ने कार्यक्रम छ । जहाजमा भुवनेश्वर गएर जगन्नाथ पुरी दर्शन गर्न जाने कार्यक्रम छ । जनन्नाथ पुरीको कार्यक्रम शुक्रबार र शनिबार रहेको छ । एकहप्ता बसाइका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोन वार्ता हुन सक्ने जनाइएको छ । यसमा हरेक राज्यका राजामहाराजाहरुसमेत सहभागी हुनेछन् । यो भ्रमणमा पूर्व राजा शाहका साथमा सहयोगी सागर तिमिल्सिना मात्र रहने बताईएको छ । खासगरी भुवनेश्वरमा रहेको गर्भगृहको पूजा अर्चना गर्न पूर्व राजा त्यता जान लागेको बताईएको छ । गर्भगृह त्यस्तो धार्मिक स्थल हो, जसको पूजा गर्ने एकमात्र आधिकारिक हैसियत नेपालका राजालाई मात्र रहेको छ ।

नेपालमा गणतन्त्र स्थापना भएपछि गर्भ गृहको पूजा अर्चना हुननपाएकाले पूर्व राजालाई ‘हिन्दू नरेश’ हैसियतमा भ्रमण गरिदिन भारतका हिन्दू नेताहरुले निकै उच्चतहबाट अनुरोध गरेर निमन्त्रणा गरेको समाचार सूत्रले बताएको छ । भुवनेश्वरमा पूजा गर्दा आयोजना हुने धार्मिक समारोहमा नेपालका राजा हिन्दू नरेशको हैसियतमा मर्यादाक्रममा सबैभन्दा माथिल्लो स्थानमा रहने परम्परा थियो ।

यही परम्परालाई निरन्तरता दिँदै पूर्व राजा शाहलाई हिन्दू नरेशको हैसियतमा गर्भ गृहको पूजा गर्न मञ्जुर गराईएको सम्बध्द सूत्रले बताएको छ । यो समारोहमा जाँदा उनीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य धार्मिक नेताहरुको भेटवार्ता हुने चर्चा छ। पूर्वराजा यसअघि गत पुसको तेस्रो साता पनि भारत गएका थिए।

पूर्वराजा राजाको साथमा निजी सचिव सागर तिमिल्सिना, विश्व हिन्दू महासंघका अध्यक्ष सिंह रहनेछन्। उनी फागुन ५ गते नेपाल फर्किनेछन्।

सम्बन्धित शिर्षकहरु