फिफा वरियतामा नेपालको सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले फड्को मारेको छ । अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा सार्वजनिक गरिने फिफा वरीयतामा नेपालले फड्को मारेको हो । फिफाले जारी गरेको नयाँ वरीयता सूचीमा ६ स्थान माथि उक्लिदै १६५औं स्थानमा छ। अघिल्लो महिना नेपाल १७१ औँ स्थानमा थियो।

सार्क क्षेत्रमा भारत शीर्ष स्थानमा रहेको छ । भारत १०२औं स्थानमा छ। भारत ३ स्थानमा माथि उक्लिएको हो। दोस्रो स्थानको माल्दिभ्स १५०औं स्थानमा छ। नेपाल तेस्रो स्थानमा छ। त्यस्तै, नेपालभन्दा मुनि भुटान १८८, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन् ।

बंगलादेश, श्रीलंका र पाकिस्तान एसिया वरीयताको पनि पुछारमा रहेका टिम हुन्।

विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम छन् । छैटौँमा स्पेन, सातौँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । शीर्ष दश स्थानमा कुनै परिवर्तन भएको छैन।

सम्बन्धित शिर्षकहरु