मानव बेचबिखन विरुद्धको ११ औं राष्ट्रिय दिवस मनाइँदै

भदौं २०, काठमाडौं। ‘अवको गन्तव्य, मानब बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको ११ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

यसै अवसरमा काठमाडौंमा मंगलबार विहान विभिन्न चेतनामूलक ¥याली निकालिएको थियो। काठमाडौंको भृकुटीमण्डलबाट सुरु भएको ¥याली, भद्रकाली, आरएनएसी, जमल हुँदै कमलादीमा पुगेर कोण सभामा परिणत भएको थियो। ¥यालीमा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

¥यालीपछि आयोजित कोण सभामा बोल्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले आर्थिक सबलीकरणको माध्यामबाट मानव बेचबिखनलाई न्यूनिकरण गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे। उनले विशेष गरी बालबालिका र किशोरीहरुको बढ्दो बेचविखन न्यूनिकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको दावी गरिन्।

मन्त्री कोइरालाले मानव बेचविखन अन्त्य गर्न सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने नीति लिएको दाबी गरिन्। अधिकारकर्मी सुशीला श्रेष्ठले मानव बेचबिखन अन्त्य गर्न भएका कानुनलाई कडाइका साथ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन्। उनले मानव बेचबिखनमा संलग्न अपराधिहरुलाई कडा कार्वाही गर्न संचारकर्मीले पनि सरकारलाई दवाव दिनुपर्ने जनाइन्।

 

सम्बन्धित शिर्षकहरु