अष्ट्रेलियामा नेपाली फुटबलटोली बीचको प्रतियोगिता हुने

भदौं १६, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा डाँफे फुटबल क्लबले आगामी सेप्टेम्बर २३ र २४ मा एस स्टडी अष्ट्रेलिया डाँफे एम्बसडेर कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

२० वटा नेपाली टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने टोलीलाई पाँच हजार डलर र दोस्रो हुनेलाई दुई हजार डलरसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै म्यान अफ दी सिरीजले चार सय डलर र बेष्ट गोलरक्षकले चार सय डलर तथा फाइनलको म्यान अफ दी म्याचले तीन सय डलर नगद सहित ट्रफी प्राप्त गर्नेछन।

प्रतियोगितामा मेलवर्नको दुई, थ्रीस्टार अल्बुरीको एक टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको मूख्य प्रायोजक रहेको एस स्टडी अष्ट्रेलियाका निर्देशक अभिषेक प्रधानले सहयोग र सामाजिक सदभाव नै एस अष्ट्रेलियाको लक्ष्य रहेको बताए।

सम्बन्धित शिर्षकहरु