दशौ हजार रोहिंग्या मुसलमान बंगलादेशको शरणमा

भदौ १४,एजेन्सी । म्यानमारको राखिन राज्यमा जातीय हिंसा चर्किएपछि दशौ हजार रोहिंग्या मुसलमान बंगलादेश पुगेका छन् ।
शुक्रवार रोहिंग्या विद्रोहीले ३० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि त्यस क्षेत्रमा फेरि हिंसा भड्किएको छ । पछिल्लो हिंसामा कम्तिमा सय जना मारिएका छन् ।
पछिल्लो एक हप्ता यता मात्र १८ हजारभन्दा बढी रोहिंग्या बंगलादेश पुगेको उनीहरुको सहायताका लागि काम गरिरहेकाहरुले जनाएका छन् ।गत अक्टोबर यता १ लाखभन्दा बढी रोहिंग्या शरणार्थी बंगलादेश पुगेको तथ्यांक छ ।

 

उनीहरुले आपतकालीन बासस्थान र खाना दिएको बताउंदै केहीलाई गोली समेत लागेको उल्लेख गरेका छन् ।
अझै दशौं हजार बंगलादेशको सीमामा कुरिरहेको बताइन्छ । घटनापछि सेना परिचालन गरिएको छ ।

सम्बन्धित शिर्षकहरु