सिड्नीमा बेरोजगारी ९ वर्ष यताकै न्यून

भदौ ११, काठमाडौं । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अष्ट्रेलियाको पश्चिम सिड्नीमा बेरोजगारी ९ वर्ष यताकै न्यून पाइएको छ । न्यू साउथ व्हेल्सका अर्थमन्त्री डोमिनिक पेरोटेटले बेरोजगारी दर घटेर नौ वर्ष यताकै न्यून , ५।५ प्रतिशतमा झरेको बताएका हुन् ।

यो न्यु साउथ व्ह्लेस सरकारको मूख्य उपलब्धि रहेको बताउंदै मन्त्रि डोमिनिकले भौतिक निर्माण र व्यापारिक गतिविधिले गर्दा यो सम्भव भएको बताएका छन् ।

सार्वजनिक तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा मात्र यहाँ करिब ५० हजार नयाँ रोजगारीका अवसर सिर्जना भएका छन् ।

सरकारको आगामी योजना अनुसार पश्चिम सिड्नीमा अब छिट्टै अत्याधुनिक विमानस्थल बन्दैछ ।

सम्बन्धित शिर्षकहरु