भ्रष्टाचारले वर्षेनी ३६ लाख मानिस मार्ने गरेको खुलासा

अमेरिकी संस्था वनले भ्रष्टाचारका कारण वर्षेनी करिब ३६ लाख मानिस मर्ने गरेको तथ्याङ सार्वजनिक गरेको छ ।

भ्रष्टाचारकै कारण वर्षेनी दश खर्बभन्दा बढी डलर गरिब देशबाट बाहिर जाने गर्दछ ।

गरिबी उन्मुलनमा लागेको संस्थाको रिपोर्टमा २० वर्षदेखि गरिबीविरुद्ध जारी लडाईका लागि भ्रष्टाचार र अपराध खतरा बनेको उल्लेख छ।

भ्रष्ट गतिविधिमा गुमनाम कम्पनीहरु र कालो धन सेतो बनाउनेहरु पनि सहभागी छन् ।

संगठनका अनुसार यदि स्वास्थ्य क्षेत्रमा हुने लगानी बचाउने हो भने कम आय भएका मुलुकमा धेरैको ज्यान बचाउन सकिनेछ ।

रिपोर्टका अनुसार भ्रष्टाचारले निजी लगानीलाई रोक्ने गर्दछ । आर्थिक विकासलाई क मगर्दछ र व्यापार लागत बढाउने गर्दछ । यसबाट देशमा राजनीतिक अस्थिरता आउन सक्छ ।

रिपोर्टमा यदि सब साहरा अफ्रिकी मुलुकबाट भ्रष्टाचार अन्त्य गर्ने हो भने हरेक वर्ष एक करोड अरु बालबालिकालाई पढाउन सकिनेछ ।
यसबाट त्यति धेरै पैसा बच्ने छ कि त्यसबाट पाँच लाख अतिरिक्त प्राथमिक अध्यापक नियुक्त गर्न सकिनेछ ।
त्यति रकमबाट एक करोड दश लाख एचआइभी-एड्स पीडितलाई बचाउन सकिनेछ ।

सम्बन्धित शिर्षकहरु