पार्वतीकुण्डमा नयाँ शक्ति विजयी

रसुवा, ३ जेठ – पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी हुनुभएको छ । उहाँले ९६४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त गर्नुभयो । रसुवाको पाँच गाउँपालिकाको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

सम्बन्धित शिर्षकहरु