उपत्यकासहित देशका अधिकांश भागमा दिनभर पानी पर्ने,भोलीदेखि मौसममा सुधार

काठमाडौं । शुक्रबारदेखि साँझदेखि नै काठमाडौ उपत्यकासहित देशका अधिकांश भागमा पानी परिरहेको छ । शनिबार बिहान पनि देशका पश्चिम, मध्य र पूर्वका अधिकांश क्षेत्रमा पानी परेको छ । ठूलो नभए पनि हल्का तथा मध्यम स्तरको पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसोदेखि देशभर मौसम बदली भएको थियो । पश्चिमी वायुको प्रभावले आज पनि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार शनिबार केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने जनाइएको छ ।

आइतबारदेखि भने देशभरी कै मौसममा सुधार आउने महाशाखाको अनुमान छ । भोलीदेखि मौसममा सुधार आएपनि केहीदिन बिहान बेलुकी भने चिसो बढ्नेछ । आज दिनभर नै मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने छ । पानी पर्ने क्रम भने दिउँसोपछि कम हुनेछ । तराई तथा पहाडी क्षेत्रमा पानी परेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । परेसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा जाडो बढेको छ ।

सम्बन्धित शिर्षकहरु