भदौ १५ ।सर्लाही,गएराती सर्लाहीको नोकेल्वा गाविसमा हतियारधारी लुटेरा समुहसँगको भिडन्तमा गोली लागेर दुई जना प्रहरी घाइते भएका छन ।
हिजो बिहान स्थानीय एक महिलाको हत्या भएको विषयमा सुक्ष्म रुपमा अनुसन्धान गर्न गएको सादा पोसाकका दुई प्रहरी र तीन जनाको समुहमा रहेका हतियारधारीबीच गोली हानाहान भएको हो ।
राती साढे नौ बजे नोकेल्वा गाविस ५ मा प्रहरीको हतियारधारी समुहसँग उनीहरुको जम्काभेट भएको थियो ।
घटनामा सादा पोशाकमा रहेका प्रहरी जवान सन्तोष महतो गोलीको झर्राले घाइते हुनु भएको छ भने प्रहरी हवलदार ललित रायलाई पनि चोटपटक लागेको प्रहरी श्रोतले जानकारी दियो ।
प्रहरी देख्ना साथ लुटेरा समुहका तीनै जनाले गोली चलाएका थिए भने प्रहरीले पनि जवाफी फाएर गरेका थिए । नजिकै उखुवारी रहेकाले लुटेराहरु फरार हुन सफल भएका प्रहरीले जनाएको छ ।








