चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या १७ पुग्यो, शहर नै शिलबन्दी, नेपाल पनि उच्च जोखिममा

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १७ जनाको ज्यान गएको छ। मानवीय क्षति बढेपछि चीनले वुआन सहरलाई नै शिलबन्दी गरेको छ भने देशभरका मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा चीनको वुआनमा मात्रै ५०० मानिसहरुमा यो भाइरसको संक्रमण देखिएको छ।चीन सरकारले मानिसबाट मानिसमा सर्ने यो भाइरस रोकथामका लागि नयाँ बर्ष अर्थात लुनारमा यात्रा गर्न प्रतिबन्ध नै लगाइदिएको छ।

लुनारमा करोडौं मानिसहरु देशभित्र र बाहिर यात्रामा जाने गर्छन्। कोरोना भाइरस चीनबाट अमेरिका पुग्यो, डब्लूएचओको आकस्मिक बैठक बस्दै सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अमेरिकासम्म फैलिसकेको छ। भाइरसबाट संक्रमित ती व्यक्ति चीनको वुआनबाटै अमेरिकाको सियाटल पुगेका थिए।

कोरोना भाइरस फैलिएपछि अमेरिकाले विमानस्थलहरुमा स्वास्थ्य परीक्षण केन्द स्थापना गरी स्वास्थ्य जाँचमा कडाइ गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमण फैलिँदै गएपछि बुधबार आकस्मिक बैठकसमेत गरेको थियो।

सम्बन्धित शिर्षकहरु


  • बेतना सिमसार सामुदायिक बन बेतना, मोरङको संरक्षित क्षेत्रभित्रको पोखरी । पोखरीमा डुंगा सयर गर्न आउने आन्तरिक […]
  • डा केसीको समर्थनमा पदयात्रा
    काठमाडौँ। चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशन बसेका प्रा डा […]
  • नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा नयाँ रेकर्डनेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा नयाँ रेकर्ड
    काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत सोमबारदेखि निरन्तर उकालो लागेको बजार ७ कारोबार दिन पछि करेक्शन […]
  • पर्यटकीय नगरी पोखरामा फुड फेस्टिबल
    कत्तिक १६, काठमाडौँ -  सुन्दर पर्यटकीय नगरी पोखरामा फुड फेस्टिबल सुरु भएको छ। पोखरा नगर रेस्टुरेन्ट तथा बार […]
  • मन्त्री यस्ता पनि !
    काठमाडौँ, खाटमुनि छरपस्ट पुस्तकहरु । एकसरो ओढ्ने ओछ्याउने, चिसो सिमेन्टको भुइँमा गुन्द्री र केही कुर्सी अनि […]

  • चितवन सौराहाको एक कार्यक्रममा नेपाली पोशाकमा सजिएका स्वदेशी र विदेशी पर्यटक […]