इंग्ल्याण्डमा ४ सय बालबालिकाको यौन शोषण

भदौ ११ ।इंग्ल्याण्ड,इंग्ल्याण्डको रोदरह्याम शहरमा सन् १९९७ देखि सन् २०१३ को बिचमा एक हजार ४ सय बालबालिकाको यौन शोषण भएको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिवेदनमा बालबालिकालाई जबरजस्ती अरु शहरहरुमा पठाईएको, उनीहरुलाई मारपीट गरिएको र धम्क्याएर यौन शोषण गरेको उल्लेख छ । बालबालिकामाथि यौन शोषण भएको बारे रोदरह्याम काउन्सिलले छानबिन गरेको थियो ।

काउन्सीलको छानबिनबाट ठूलो संख्यामा बालबालिकामाथि यौन शोषण भएको प्रतिवेदन आएपछि काउन्सीलका नेता रोजर स्टोनले राजिनामा दिएका छन् । सन् २००३ बाट उक्त काउन्सीलको नेता रहेका स्टोनले एतिहासिक गल्तीहरुको जीम्मेवारी लिन आँफु तयार रहेको भन्दै पदबाट राजिनामा दिएका हुन् ।
प्रतिवेदन तयार पार्ने प्रोफेसर अलेक्सिसले काउन्सीलको नेतृत्वको सामूहीक गल्ती भएकाले यसको जिम्मेवारी लिनु पर्ने बताएकी छन् ।

प्रोफेसर अलेक्सिसले बालबालिकाको निकै दयनिय अवस्था पाएको बताएकी छन् । उनले बालबालिकाको सहयोगका लागि प्रहरी पनि निरिह भएको पाईएको बताएकी छन् ।

सम्बन्धित शिर्षकहरु