महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
उत्तरि सिड्नीमा पर्ने नर्दन बिचेज क्षेत्र र सो सेरोफेरोमा बसोबास गर्ने थुप्रै नेपालीहरुको संस्था नर्दन बिचेज नेप्लिज सोसाईटिको चौथौ बार्शिक साधारण सभा आज हिमालयन गोर्खा नेप्लिल रेष्टुरेन्ट डिवाईमा सम्पन्न भएको छ। आज सम्पन्न सो सभाले कृष्ण सापकोटालाई नर्दन बिचेज नेप्लिज सोसाईटिको अध्यक्षमा चयन गरेको छ। सामाजिक कार्यका सदैव अग्रसर सापकोटा अष्ट्रेलियामा रहिरहंदा सदैव नेपाल र नेपाली संग जोडिएका विभिद कार्यक्रमहरुमा सक्रिय सहभागिता सहित परोपकारी कार्यमा लागिरहेका छन।
सो सभाले नयां कार्यसमिती चयन गरेको हो।सो कार्यसमितीको उपाध्यक्षमा रश्मी श्रेष्ठ,सचिवमा सन्दिप कंडेल ,कोषाध्यक्षमा अरुण ढुङ्गाना,र सदस्यहरुमा अर्जुन पौडेल,केशव खुलाल,विनोद गौतम,हरि कोईराला,बन्दना वानिया,शक्ति लामिछाने र सुनिता चौधरी रहेका छन।आज सम्पन्न सो कार्यक्रममा प्रमुख अतीथीको रुपमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु स्टेट कोर्डिनेटर दिनेश पोखरेल,अतीथीको रुपमा ओएनएफ अष्ट्रेलियाका प्रतिनिधी तथा पूर्व एनआरएनए एनएसडब्लु स्टेट डेपुटी कोर्डिनेटर चतुर्भुज खरेल साथै नर्दन बिचेज नेप्लिज सोसाईटिका पूर्व उपाध्यक्ष बन्दना बानियाको सहभागिता रहेको थियो।
नर्दन बिचेज नेप्लिज सोसाईटिको अध्यक्षमा चुनिएका कृष्ण सापकोटाले असनेपालन्युज संगको कुराकानिमा यो संस्थाले निस्वार्थ रुपमा नेपालीकै निम्ती काम गर्ने बताए।हामी नेपाल बाट टाढा छौं तैपनि यो ठाउंमा रहिरहंदा सबै नेपालीहरु एकै ठाउंमा भई आफ्नै संस्कृकी र नेपाली पनमै विभिद कार्यक्रमहरु गर्न सक्छौं जसले नेपाली पन झल्कियोस भन्ने हाम्रो सोंचाईरहेको बताए।
सो कार्यक्रमको सभापतित्व कृष्ण सापकोटाले गरेका थिए भने विनोद गौतमको स्वागत मन्तव्य रहेको थियो।सो कार्यक्रममा रश्मी श्रेष्ठले आर्थिक विवरण प्रस्तुत गरेकि थिईन भने उक्त कार्यक्रमको संचालन अर्जुन पौडेलले गरेका थिए।










