अष्ट्रेलिया । भूकम्पपीडितलाई दुईवटा एकीकृत बस्ती बनाएर वाहवाही बटुटेलेको हास्यकलाकार दम्पत्ति धुर्मुस सुन्तलीले केही समय अघि तराईका मुसहरहरुको निम्ति थालेको घर बनाउने कार्यक्रमका लागि एडिलेडमा १२ लाखभन्दा बढी सहयोग संकलन भएको छ। अष्ट्रेलिया भ्रमणमा रहेको यो जोडीको स्वागत, सम्मानमा बिहीबार साँझ आयोजना गरिएको मिट एण्ड ग्रिटका साथै व्यक्तिगत रुपमा नै भेटेर सहयोग गर्नेहरुले उक्त रकम जुटाएका हुन् ।
धुर्मुस सुन्तलीको एडिलेडको मिट एण्ड ग्रिटको आयोजना दीपक लामा र अशोक केसीले गरेका थिए ।उहाँहरुलाई ईक्लीप्स ईन्टरटेन्मेन्टले साथ दिएको थियो । मिट एण्ड ग्रिटमा धुर्मुस र सुन्तलीले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दिपक धमलाका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि सहभागी थिए ।








