सिड्नी । न्यु साउथवेल्सका प्रिमियर माइक ब्राइडले अनपेक्षित रूपमा राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्विटरबाटै राजीनामाको घोषणा गरेको छन् । उनले भनेका छन्– राजनीतिमा अब म छैन । यतिञ्जेल तपाईंलाई सेवा गर्ने मौका पाएँ, आभारी छु ।
उनले सञ्चारमाध्यमलाई राजनीतिक जीवनमा छँदा केही परिवर्तन ल्याउन सकेकोमा खुसीसमेत व्यक्त गरेका छन् ।








