महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
धुर्मुस सुन्तली एउटा यस्तो नाम जुन नाम थूप्रै नेपालीहरुको मन मुटुमा बस्न सफल रह्यो । आफ्नै देश बनाउन हामी आफै सक्षम छौं भन्ने ज्वालन्त उदाहरण कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमीरे (सुन्तलि) बाट लिन सकिन्छ। धेरै मानिसहरुको मुहारमा मुस्कान ल्याउन सफल कलाकारद्वयलाई जति प्रसंशा गरेपनि अतुलनिय नै हुन्छ।
यस्तै निस्वार्थ रुपमा परोपकारी कार्य गरिरहेका कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमीरे (सुन्तलि) एक परोपकारी कार्यको लागि अष्ट्रेलिया आएका छन। काभ्रेको पहरी बस्ती ,सिन्धुपाल्चोमा रहेको गिरानचौरको बस्ती निर्माण गरि स्थानीय भूकम्पपीडितलाई जिम्मा लगाईसकेका धुर्मुस सुन्तलीले अर्को तेश्रो ‘एकीकृत नमुना मुसहर बस्ती’ निर्माण कार्य सुरु गरेका छन । पुस २५ मा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शिलान्यास गरेको बस्ती वैशाख १ भित्र बनाइसक्ने धुर्मुस–सुन्तली फाउन्डेसनको लक्ष्य रहेको छ। साथै आफ्नो देश हामी आफै बनाउन सकिन्छ भन्ने धुर्मुस–सुन्तलीले गरेको परोपकारी कार्यबाट पुष्टी हुन्छ।
धुर्मुस–सुन्तली फाउन्डेसनको सहयोगार्थ सिड्नीमा गर्नलागिएको कार्यक्रमको नाम “धुर्मुस–सुन्तली सांझ २०१७ “राखिएको छ,भने सो कार्यक्रमलाई “गजवको ईभेन्टले”प्रस्तुत गर्न लागेको हो। हर्सभिलको मरना अडिटरियममा यहि २१ तारिक सनिबार सांझ ६ बजेबाट सुरु हुने सो कार्यक्रममा धुर्मुस–सुन्तलीको वेजोड हांस्य प्रस्तुती संगै थुप्रै चर्चित गायक गायिका तथा कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले बताएको छ। परोपकारको लागि गर्न लागिएको सो कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई सहभागिताकोलागि आयोजकले आव्वहान गरेको छ।











