नेपाल बिर्साउने बन्यो मेलवर्न

अस्ट्रेलिया । शनिवार बिहानै एकाएक मेलवर्न नेपालमय बन्यो । गैरआवासीय नेपाली संघको आयोजनामा मेलवर्नमा आयोजित नेपाल फेस्टिवल २०१७ का कारण मेलबर्नले नेपाल बिर्साएको हो ।

मेलवर्नको मुटु फेडेरेसन स्क्वायरमा नेपाली झण्डा फहराइरहेका छन् भने बिहानै बिभिन्न नेपाली कला र संस्कृति झल्किने सांस्कृतिक परेड निकालिएपछि त्यहाँको रोगन नै अर्को बन्न पुगेको थियो ।

स्टेट लाइब्रेरी अफ भिक्टोरियाबाट निस्केको परेडमा नेपालका बिभिन्न जातजातिका सांस्कृतिक झाँकीहरुसमेत सहभागी बनाइएको थियो ।

सम्बन्धित शिर्षकहरु