काठमाडौं । कसरी सन्त निकोलस सान्ता क्लस भए रु सान्ता क्लसका बारेमा जान्ने उत्सुकता सबैको हुन्छ ।
क्रिसमस भित्रने बित्तिकै सबैले सान्ता क्लसको याद गर्छन । मोटो शरीर, उज्यालो चेहेरा, हँसिला, धेरै उपहार र खुसी लिएर सान्ता आउँछन् । क्रिसमसको समयमा जहाँ गएपनि सान्ता क्लसको सजावट देखिन्छ । नानीहरु सान्ताको स्वरुपलाई मन पराउँछन् । तर, धेरै कम व्यक्ति मात्र यसको बारेमा जानकारी राख्छन् । सान्ता को हुन्, कहाँ बाट आएका हुन् ? र, यति लोकप्रिय कसरी भए रु सान्ताका बारेमा धेरै मिथकहरु छन् ।
सबैले देख्दै आएको सान्ताको वास्तविक स्वरुप त्यस्तो होइन । हामीले देख्दै आएका सान्ता क्लस मोटा, चम्किला, हँसिला र गुलाबी गाला भएका छन् । तर, साँच्चैका सन्त निकोलस भने त्यसको ठीक विपरीत छन् ।
इशापूर्व ३०० वर्ष अघि जन्मेका सन्त निकोलस सेन्ट निकोलस कालावर्णका ग्रिसका सन्त पवित्र व्यक्ति हुन् । जो सानो बस्ती माइरा वर्तमान टर्कीको धार्मिक नेता समेत बने । तत्कालीन समयमा पक्कै सान्ता हँसिला थिए । तर, उनको पहिचान एकदमै गम्भीर प्रकृतिको थियो । उनलाई तत्कालीन ख्रिष्ट समाज र सिद्धान्तको क्रान्तिकारी र सच्चा रक्षकका रुपमा वर्णन गरिन्थ्यो । त्यस समय उनले धार्मिक आस्था राखेको कारण वर्षौँ जेल सजाय पनि भोग्नुपर्यो ।
सन्त निकोलसलाई सेता दाह्री भएका व्यक्तिका रुपमा वर्णन गरिन्छ । डिसेम्बर ६ तारिखका दिन उनको सम्झना स्वरुप उत्सव मनाइन्छ । उनको बलियो आस्था र विश्वास सन्तहरुमाझ अन्तिम सम्पदाका रुपमा रहेको छ ।
शताब्दीऔँ पछि उनका बारेमा दुईओटा योजनाबद्ध कथाहरु ल्याइयो । जहाँ निकोलस मोटाघाटा, सेता लामा दाह्री भएका, राता सुटमा केटाकेटीहरुका लागि उपहार लिएर आउने व्यक्ति भए ।
के थिए ती दुई कथा ?
पहिला सन्त निकोलसको पहिचान गरिब व्यक्तिका रक्षकका रुपमा थियो । उनले बेश्यावृत्तिबाट बाँचिरहेका तीन गरिब छोरीहरुको रक्षा गरेका थिए । उनले ती तरुनीहरुलाई तीन झोला सुन उनीहरुको झ्यालबाट दिएका थिए ।
दोस्रो कथा, अलिक उदासिन छ । उनको पहिचान बालबालिकाको रक्षकका रुपमा थियो । सन्त निकोलस एथेन्सका गल्ली भित्र हिँडिरहेका थिए । त्यतिबेला उनले स्थानीय लुटिएको र हत्या भएको देखे । भूमिगत अवस्थामा रहेका ती तीन युवाको शरीरलाई निकाली उनले आफ्नो पवित्र शक्तिद्वारा जीवन प्रदान गरे ।
यी शताब्दीहरुमा उनलाई धेरै प्रकारले परिचित गराइएको पाइन्छ । १८ औँ शताब्दीको अन्त्यतिर डच धर्मभिरुहरूले सन्त निकोलसलाई सिन्टर क्लासका रुपमा वर्णन गरे । उनीहरुको परम्परागत मान्यताअनुसार सिन्टर क्लास सेतो घोडामा आउने र काठका जुत्ताहरुमा उपहार छोडेर जान्छन् । यो कथा बेलायती पात्र फादर क्रिसमससँग मिसिएको पाइन्छ । जुन १७ औं शताब्दीतिर गएर जोडिन्छ । सिन्टर क्लास कालान्तरमा सान्ता क्लसमै आएर अमेरिकीकरण भएको पाइन्छ ।
सान्ता क्लसको वरिपरि घुमिरहेको काल्पनिकता आधुनिक अमेरिकन धारणासँग आएर जोडिन्छ जुन क्लिमेन्ट मुरेको ‘अ भिजिट फ्रम सेन्ट निकोलस’ कविताको प्रकाशन ९१८२३० पछि भएको हो । ‘द नाइट विफोर क्रिसमस’ कविताको प्रकाशनपछि सान्ताको शारीरिक स्वरुप ९मोटोघाटो र हँसिलो०, सान्ता आउने तरिका, उनले उपहार दिने विधि स्थापित भएको पाइन्छ ।
बायोग्राफी डट कमबाट








