साउन २९ ।काठमाडौँ,एमाले पार्टी परित्याग गरेर सङ्घीय समाजवादी पार्टी गठन गर्नु भएका विजय सुब्बा फेरी एमालेमै फर्कनु भएको छ । सुब्बासँगै २९ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन ।
एमालेको केन्द्रीय कार्यालय बल्खुमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायतले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।
एकल जातीयताको वकालत गर्दै डेढ वर्षअघि नेकपा एमालेबाट बाहिरिएर सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बन्नु भएका सुब्बा
पार्टी प्रवेश गर्नेमा समाजवादीका सचिव मीना गुरुङलगायत हुनुहुन्छ ।
सुब्बा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । उहाँले तत्कालीन एमालेका उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग गर्नुभएको थियो ।
त्यस अवसरमा अध्यक्ष ओलीले हावाहुरी लागेका बेला रुख ढल्किएजस्तो कहीँ साथी दायाँबायाँ गए पनि पुनः मूलघरमा मोहियानी हक र हिस्साका साथ प्रवेश गरेकामा खुसी व्यक्त गर्नुभयो ।
उहाँले कुनै पदको लोभ वा आश्वासनबिना सही निर्णय गरेर एमालेमा फर्र्केकामा आभार व्यक्त गर्नुभयो ।
नेता सुब्बाले भावावेशमा पार्टी छाडेर गए पनि अन्ततः पार्टीको विचारलाई सही ठान्दै फर्केको र पार्टीले दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच, एमालेको जारी दोस्रो केन्द्रीय कमिटीको आजको बैठक केहीबेरअघि प्रारम्भ भएको छ ।








