अस्ट्रेलिया । अष्ट्रेलियाली सरकारले आप्रवासी कामदारलाई दिइँदै आएको ४५७ भिसा कामदार भिसामा सामान्य केही हेरफेर गरेको छ । मुख्यतः ४५७ भिसा भनेको ४ वर्षका लागि उपलब्ध गराइने काम गर्ने भिसा हो । यस अवधिमा यस्तो भिसा पाउने व्यक्तिले पूरा समय कामग र्न पाउने व्यवस्था छ । सम्बन्धित कामदारलाई स्पोन्सर गरेको हुने र उसको दक्षताको पनि परीक्षण गरिसकिएको हुने भएका कारण यस्तो भिसा पाइसकेपछि ढुक्कसँग काम गर्न सकिने मानिँदै आएको छ ।
४५७ भिसा प्राप्त व्यक्तिले आफ्नो भिसा समाप्त भएको २८ दिनसम्म मात्रै थप समय बस्न पाउने अन्यथा फिर्ता हुनुपर्ने व्यवस्थालाई यसअघिको सरकारले परिवर्तन गरी ९० दिनसम्म बस्न पाउने व्यवस्था गरेको थियो । तर, वर्तमान अध्यागमन मन्त्रीले पिटर डट्टनले भने यसलाई घटाएर ६० दिन बनाएका छन् । यो निर्णय शनिबारदेखि नै लागू हुनेछ ।








