काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । र, प्रारम्भीक मत परिणाममा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रक्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पछि पारेका छन्।
५० राज्यमध्ये १५ को मत परिणाम आएको छ । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले १५० इलेक्टोरल भोट पाएका छन् । र, हिलारीले १०९ इलेक्टोरल भोट पाएकी छन् ।
फ्लोरिडा र भर्जिनियामा ट्रम्प अगाडि छन् भने नर्थ क्यारमेलिना र ओहायोमा क्लिन्टन अगाडि छन् ।
५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।
बिस्तृत परिणाम यहाँ छ ।








