तरकारीवालीले तताएको सामाजिक सञ्जाल

तरकारी बेच्ने एउटी साधारण नेपाली युवती यतिबेला दक्षिण एसियामै रोचक तरिकाले चर्चाकी पात्र बनेकी छिन्। इन्टरनेटको प्रयोगले कस्तो किसिमको प्रभाव तत्काल विस्तार हुनसक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो ।
गोरखा भुम्लीचोककी कुसुम श्रेष्ठले गोलभेँडाको भारी बोकेर बजारमा बेच्न लैजाँदै गर्दा पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले उनलाई क्यामरामा कैद गरेका थिए। पृथ्वी राजमार्गको फिस्लिङस्थित झोलुंगेपुलमा देखेपछि ‘अनुमति लिएरै’ खिचिएको कुसुमको तस्बिरलाई रुपचन्द्रले गत शुक्रबार फेसबुकमा सेयर गरे। तर, यसरी खिचेर हालेको तस्बिरले इन्टरनेटमार्फत कति हलचल ल्याउनेछ भन्ने उनलाई थाहा थिएन।
अचानक भाइरल बन्न पुगेपछि आत्तिएका रुपचन्द्रले सुरुमा त्यो तस्बिर फेसबुकबाट हटाएका थिए। तर पनि त्यतिन्जेलसम्म यी तस्बिरका लाखौं कपीहरु फैलिसकेको थियो।

सम्बन्धित शिर्षकहरु