प्रचण्डमाथि सबैभन्दा वढी सुरक्षा थ्रेटः सुरक्षामा २ डिएसपीको कमाण्डमा ५९ सुरक्षाकर्मी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ।

आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए।
सुरक्षा श्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सुरक्षा थ्रेट सबैभन्दा वढी छ।

प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटिएका छन्।

सम्बन्धित शिर्षकहरु