सिरियाली राष्ट्रपति सिरियामा घातक हमलाको तयारीमा– अमेरिका

असार १४, वासिङटन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको सूचना अाफुले पाएको बताएको छ । ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले विज्ञप्ति प्रकाशन गरी यस खबरको सार्वजनिक गर्नुभएको हो । यदि हमला भएमा सिरियाले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावानी अमेरीकाले दिइएको छ ।

ह्वाइट हाउसका अनुसार सिरियाली राष्ट्रपति असदले गत वर्ष पनि यस्तै हमला गरेकाे र अहिले पनि असदले अर्को घातक हमलाको लागि भित्रभित्रै तयारी गरिरहेको छ । हमलाबाट कैयौँ सर्वसाधारणको ज्यान जान सक्ने भएकाले सूचना सार्वजनिक गरेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको विज्ञप्तीमा उल्लेख गरीएको छ । यसअघि पनि सिरियाले गरेको यस्तै आक्रमणमा बालबालिका, महिला लगायत निर्दाेष नागरिकको ज्यान गएको थियो ।

सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामाको मागगर्दै सुरु भएको प्रजातान्त्रिक आन्दोलनपछि सिरियामा हिंसा मच्चिएको हो । विगत छ वर्षभन्दा लामो समयदेखि हिंसामा परी तीन लाखभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित शिर्षकहरु