स्विमिङ गर्ने क्रममा डुबेर बालकको मृत्यु

साउन १८ ।तानसेन,पाल्पाको तानसेनस्थित न्यू होराइजन उच्चमाविमा कक्षा ८ मा अध्ययरत एक छात्रको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

तानसेनको काजीबौवामा रहेको स्विमिङपुलमा पौडी खेल्दा आकाश कामु मगरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेको झन्डै एक घण्टापछि मात्र उनका साथीहरुले कामु मगरलाई पानीमा तैरिएको देखेकाले उद्धार कार्य ढिला हुँदा ज्यान गएको प्रहरीको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु