मोरङमा आगलागी हुँदा ६० लाखको क्षति

फागुन ८ ।विराटनगर,मोरङमा भएको आगलागीबाट रु ६० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।बिहीबार बेलुकी विद्युत् सर्ट भई सुन्दरदुलारी–१ को गोठगाउँका मधुसूदन घिमिरे र छिमेकी हरि साहको घर जल्दा सो बराबरको सम्पत्ति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

स्थानीय जनता, प्रहरीका साथै दमकलको सहयोगमा दुई घन्टामा आगलागी नियन्त्रणमा आएको थियो ।

सम्बन्धित शिर्षकहरु