चिकित्सकले प्रसूति गराउन नमानेपछि..

sagarmatha-anchal-hospital-750
राजविराज, १७ भदौ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिहीबार तनाव भएको छ । त्यहाँ कार्यरत डा. दीपा यादवले झुटकी ७ की रुक्मिणीदेवी यादवलाई प्रसूति गराउन नमानेपछि तनाव भएको हो ।

गर्भवती भएका बेला आफ्नो क्लिनिकमा जाँच नगराएको भन्दै डा. दीपाले प्रसूति गराउन अस्वीकार गरेको रुक्मिणीका आफन्तले बताए ।

यस्तै पेट दुखेको बिरामी लिएर भारतबाट आएकी एक महिलालाई पनि डाक्टरले थप्पड हानेपछि दिनभर अस्पताल परिसरमा तनाव भएको थियो ।

सम्बन्धित शिर्षकहरु