अस्ट्रेलिया, अभिनेता आर्यन सिग्देल शुक्रबार अष्ट्रेलियाको सिड्नी पुगेका छन । सिड्नी आएका सिग्देललाई स्वागत गर्न सिड्नीको किंग्स फोर्ड स्मित अन्तर्राष्टिय एअरपोर्टमा अस्ट्रेलियावासी कलाकाहरुले भव्य स्वागत गरेका थिए ।
आर्यन अगष्ट २७ का दिन सिड्नीको टाउन हल स्थित ईभेन्ट सिनेमामा बिशेस शो हुन लागेको चलचित्र क्लासिक लिएर सिड्नी आइपुगेका हुन् । दिनेश राउतको निर्देशन रहेको यो चलचित्र आर्यनले सुबास गिरीसंग मिलेर बनाएका हुन ।
यतिबेला नेपाली चलचित्रको बजारमा राम्रो छाप बनाएका नायक आर्यन सिग्देललाई अष्ट्रेलियावासी नेपालीहरूकै मागका कारण उनि र उनको चलचित्रलाई अष्ट्रेलिया ल्याइएको जानकारी ईपि माईग्रेसनका खिलेन्द्र तिम्सिनाले दिए । चलचित्रको ब्यबस्थापन गरेको अल्प ईन्टरटेनमेन्टका मनोज अधिकारीले चलेका नायकलाई आफ्नै आँखा अगाडि हेर्ने अष्ट्रेलियावासी नेपालीहरूको ईच्छा पूरा भएको जानकारी दिएका छन् ।








