काठमाडौँ। सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की चयन हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री सरकारको प्रवक्ता तोकिने परम्परा रही आएको छ ।
प्रवक्ताको कार्यभार सम्हालेपछि पहिलो पटक उनले आजै बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए । नवनियुक्त प्रवक्ता कार्कीले साउन ३० गते सूचना तथा सञ्चारमन्त्रालयको कार्यभार सम्हालेका थिए ।
उनले भने, “सर्वप्रथम म मन्त्रिपरिषद्को प्रवक्ताको जिम्मेवारी सम्हालेपछि सबै सञ्चारकर्मीलाई अभिनन्दन गर्दछु, मन्त्रिपरिषद्का बैठकका निर्णय यहाँहरुलाई जानकारी गराउने छु ।”


![;~rf/dGqL sfsL{:jfut gjlgo'Qm ;"rgf tyf ;~rf/dGqL ;'/]Gb| s'df/ -/fd_ sfsL{nfO{ ;"rgf tyf ;~rf/ dGqfnodf :jfut ub}{ dGqfno ;DalGwt sfof{nosf k|d'vx? . tl:a/ M /Tg >]i7, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/08/1471185725324_RS_KTM_160814_IMG_9549-300x258.jpg)






