सोल । दक्षिण कोरियामा भएको जुनियर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा नेपालले ४ स्वर्ण पदक हात पारेको छ ।वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रेरणा भूसाल , साकार ढकाल , सागर श्रेष्ठ , ससिन शार्माले स्वर्ण पदक जितेका छन ।
विश्वका २६ राष्ट्र सम्मिलित सो खेल अगष्ट ७ देखि ८ तारिखमा वर्तमान सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाइएको थियो ।नेपालकोतर्फबाट नवलपरासी ,चितवन , भैरहवाका खेलाडीहरूले सहभागिता जनाएका थिए ।
पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकार ढकालले दिलाएका थिए ।दोश्रो दिनको जुनियर स्पाईरिङ खेलमा सागर श्रेष्ठ , ससिन शर्मा र प्रेरणा भुसालले गोल्ड मेडल जित्न सफल भएका थिए ।
त्यसैंगरी जुनियर पुम्सेतर्फ सिल्बर मेडल ५ मध्ये सुलभ न्यौपाने , सागर श्रेष्ठ, कृपन तामाङ, स्मृति थापा, प्रेरणा भुसाल , ब्रोन्ज मेडल ५ मध्ये सिनियर पुम्सेमा पराग दास गोर्खाली जुनियर तर्फ सिजन भन्डारी , ससिन शर्मा , सबिन बस्याल, आयुषा गुरुङले जितिन ।
सिल्बर मेडल, स्मृति थापा, सिनियर स्पाइरिङमा ,रजत मेडल २ मध्ये कुमार मानन्धर,पुरुषोत्तम मानन्धर , जुनियर स्पाइरिङतर्फ ४ रजतमा सिजन भन्डारी, साकार ढकाल , सबिन बस्याल , कृपन तामाङले जित्न सफल भए ।
अमेरिका , रसिया, चीन, भारत, बाङ्लादेश , श्रीलंका लगायत बिश्वका देशहरु सहभागीता भएको उक्त प्रतियोगितामा नेपालबाट १३ जना खेलाडी, टिम कोच राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष बिकास श्रेष्ठ र संघका कानुनी सल्लाहकार मुन्ना बिक्रम खाती टिम मेनेजर थिए ।








