अस्ट्रेलिया । पाथिभरा श्रद्धाश्रमलाई अष्ट्रेलिया एनएसडब्लु स्टेट काउन्सिलले मात्रै एक करोड उठाउने लक्ष्य राखेको एनएसडब्लु स्टेट कोअर्डिनेटर दिनेश पोखरेलले जानकारी दिएका छन् । असनेपालन्युजसँगको संक्षिप्त कुराकानीमा उनले एनएसडब्लु स्टेट काउन्सिलले एक करोड उठाउने लक्ष्य राखेको बताएका हुन् । उनले भने, “७७ लाखको वचन आइसकेको छ । २९ जुलाईको कार्यक्रममा लक्ष्यमा पुग्ने विश्वास लिएका छौँ । एनएसडब्लु स्टेट काउन्सिलले आगामी २९ जुलाईमा ‘फन्ड रेजिङ’ कार्यक्रम आयोजना गरेको छ ।
यो एनआरएनएको ड्रिम प्रोजेक्ट भएको उनको भनाइ थियो । “हामीले यो परियोजना पहिल्यै सक्नु पर्थ्यो तर नेपालमा भूकम्प गएकाले यो ओझेल परेजस्तै भयो,” उनको भनाइ थियो । एनआरएनएले प्रवासी नेपालीहरूको वृहत्तर विकास र हितको पक्षमा ध्यान दिइरहेको भन्दै एनएसडब्लु स्टेट काउन्सिलले पनि विभिन्न गतिविधि गरिरहेको बताए ।








