राष्ट्रपति भण्डारीबाट डा केसीको अनशनमा चासो व्यक्त

rastrapatiसाउन ६ । काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत डा गोविन्द केसीको माग र उहाँको स्वास्थ्य अवस्थाका बारेमा आज स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग चासो व्यक्त गरेकी छन् ।

स्वास्थ्यमन्त्री चौधरीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले डा केसीको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

भेटमा राष्ट्रपतिले डा केसीको जीवनरक्षाका लागि पहल गर्न आग्रह गरेका थिए।

जवाफमा मन्त्री चौधरीले माग पूरा गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि वार्ता टोली गठन गर्न लागिएको जानकारी दिएका थिए ।

उनले डा केसीले उठाएका अधिकांश माग सुनुवाइका क्रममा रहेको र अनशन टुङ्ग्याउन पहल भइरहेकाबारे राष्ट्रपतिलाई अवगत गराएका थिए ।

सम्बन्धित शिर्षकहरु