विद्रोह नियन्त्रण गरेको दाबी

36532A6B00000578-3692693-image-a-74_1468625514356काठमाडौं। टर्कीका राष्ट्रपति रेजेप ताहिप एर्दोआनले सैनिक विद्रोह नियन्त्रण भइसकेको दाबी गरेका छन्।सीएनएनका अनुसार इस्तान्बुल विमानस्थल र टेलिभिजन च्यानलहरू पुनस् संचालन भएको छ।

टर्कीमा शुक्रवार भएको सैनिक विद्रोहपछि शनिबार बिहान उज्यालो हुँदासम्म इस्तान्बुल र अंकारा सहर कुन पक्षको नियन्त्रणमा छ भन्ने स्पष्ट नभएको सीएनएनले जनाएको छ ।

अंकारामा एक जना जर्नेल र केही प्रहरी अधिकारीलगायत ४२ जनाको मृत्यु भएको सीएनएन तुर्कले जनाएको छ। संसद् भवनमा बम प्रहार भएको प्रत्यक्ष दर्शीले बताएका छन्।

सम्बन्धित शिर्षकहरु