विषादी सेवनबाट दुई बालबालिकाको मृत्यु

साउन ८ ।बैतडी, बैतडीको महाकालीमा विषादी सेवनबाट दुई बालबालिकाको मृत्यु भएको छ ।

घरमा एक्लै भएको बेला गेडागुडीमा हाल्ने विषादी खाएर महाकाली-८, पुडिलका पाँच वर्षीय पङ्कज साउद र उनकै दुई वर्षीया बहिनी कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरका परिवार खेतमा काम गर्न गएका बेला विषादी खाएर बेहोस भएका उनीहरुलाई उपचारका लागि स्थानीय महाकाली उपस्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक अनिल उप्रेतीले जानकारी दिनुभयो ।

बुधबार साँझ उक्त घटना भए पनि सदरमुकामबाट दुई दिनको दूरीमा रहेको महाकालीमा फोनको सुविधा नभएको र प्रहरीसँग समेत सम्पर्क हुन नसकेका कारण आजमात्र उक्त घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु