लेस्टरले ट्रफी चुम्यो

2) Binita Sedhain__EDITED licester city 1लण्डन ।घरेलु मैदानमा शनिबार राती एभर्टनलाई ३–१ ले पराजित गर्दै लेस्टर सिटिले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि ट्रफी चुमेको छ । यसअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको लेस्टरले एभर्टनमाथीको जितसंगै उपाधि ट्रफी प्राप्त गरेको हो ।
किंग्स पावर स्टेडियममा हजारौ समर्थकको बीच लेस्टरले प्रिमियर लिगको उपाधि पाएको हो । लेस्टरको १ सय ३२ बर्षे इतिहासमा पहिलोपटक प्रिमियर लिग र यति ठुलो सफलता पाएको हो । लेस्टरको जितमा जेमी भर्डीले दुई तथा एण्डी किङले एक गोल गरे । खेलपछि घरेलु मैदानमा लेस्टरलाई प्रिमियर लिगको उपाधि प्रदान गरिएको थियो ।
भर्डीले पाँचौं मिनेटमा नै गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमा किङले गर्दै गोल लेस्टरको अग्रता २–० मा पुराए । दोस्रो हाफको ६५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई भर्डीले गोल गर्दै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । यता, ८८ औं मिनेटमा एभर्टनका केभिन मिरालासले एक गोल फर्काएपनि त्यो जितका लागी प्रयाप्त भएन । लिगमा एक खेल बाँकी हुँदा उपाधि विजेता लेस्टरको ८० अंक भएको छ । ४४ अंक जोडेको एभर्टन १२ औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै शनिबार राती म्यान्चेस्टर युनाइटेडले नर्विचलाई १ – ० ले पराजित गर्दै शिर्ष चारमा रहने सम्भावना कायम राखेको छ । यता, चेल्सीलाई सन्डरल्याण्डले ३–२ ले पराजित गरेको छ ।चेल्सीमाथीको जितसंगै सन्डरल्याण्ड रेलिगेशन जोनबाट माथि उक्लिएको छ । जितपछि १७ औं स्थानमा उक्लिएको सन्डरल्याण्डको दुई खेल बाँकी हुँदा ३५ अंक भएको छ । नवौं स्थानको चेल्सीको ४८ अंक छ ।
यस्तै पुछारको एस्टन भिल्लासँग गोलरहित बराबरीमा रोकिएको न्युक्यासल रेलिगेशन जोनमा झरेको छ । न्युक्यासलको एक खेल बाँकी हुँदा ३४ अंक छ । प्रिमियर लिग अन्तर्गत शनिबार राती क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २–१ तथा स्वान्सी सिटीले वेष्ट ह्यामलाई ४–१ ले हरायो । बोर्नमाउथ र वेष्ट ब्रोमले १–१ को बराबरी खेल्दै अंक बाडेका छन् ।

सम्बन्धित शिर्षकहरु