बनेपा। काभ्रेपलाञ्चोकमा एक प्रहरीले आज आफ्नै खुट्टामा गोली हानेका छन् ।
प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको पेस्तालले गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।
पारिवारिक तनावका कारण उनले आफैँलाई गोली हानेको प्रहरीले अनुमान गरेको छ । गोली लागेर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।








