काठमाडौं । श्वासप्रश्वासमा समस्या देखिएपछि ओम अस्पतालमा भर्ना गरिएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसका शीर्ष नेताहरु ओम अस्पताल पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत लगायतका नेताहरु अहिले ओम अस्पताल पुगेका हुन् ।
महामन्त्री कोइरालालाई रातीदेखि वान्ता आएकाले अस्पताल भर्ना गरिएको थियो ।








