अस्ट्रेलियाको निर्वाचनमा कसैको पनि बहुमत नआउने निश्चित

अस्ट्रेलिया, शनिबार सम्पन्न अस्ट्रेलियाको आम निर्वाचनमा कसैको पनि बहुमत नआउने निश्चित भएको छ ।  अहिलेसम्म भएको मतगणनामा कुनैपनि राजनीतिक दलले बहुमत ल्याउन नसकेका कारण सरकार अस्थर देखिने खतरा बढेको हो ।

तीन बर्षको कार्यकालका लागि अष्ट्रेलियामा तल्लो सदनका लागि १ सय ५० सदस्य र माथिल्लो सदनका लागि ७६ सदस्यका लागि निर्वाचन भएको थियो । अहिलेसम्म सार्वजनिक गरिएको मतगणना अनुसार वर्तमान सरकारमा रहेको लिबरल नेसनलको कोयलेसन पार्टीले ६५ सिट, प्रतिपक्षमा रहेको लेबरले ६७ सिटमा जीत हासिल गरेको स्थानीय 35E194A900000578-3671837-image-a-19_1467520688737संचारमाध्यमहरुले जनाएका छन् । यसैगरि ५ सिट बिभिन्न अन्य दलहरुले हात पारेका छन भने १३ वटा सिटमा झिनो मत अन्तरले प्रतिष्पर्धा भइरहेको छ । अहिले गन्न बाँकी रहेको झण्डै १५ लाख मतमध्ये विदेशबाट र स्थानीय पोष्टबाट समेत आउने भएकाले त्यस्तो मत परम्परागत रुपमा सत्तारुढ दलकै पक्षमा रहने गरेकाले अहिले सरकारमा रहेको दलले नै नयाँ सरकार निर्माण गर्न सक्ने विश्लेषकहरूले दावी गरेका छन् ।

अहिलेसम्मको नतिजा अनुसार कार्यवाहक प्रधानमन्त्री माल्कम टर्नबुल, विपक्षी नेता बिल सर्टन, पुर्व प्रधानमन्त्री टोनी अबट लगायतका अन्य ठुला नेताहरुले आफ्नो सिट सुरक्षित गरेको संचारमाध्यमहरुले जनाएका छन् । बहुमतको सरकार निर्माण गर्नका लागि कुनैपनि दललाई ७६ सिटको आवश्यक पर्छ तर अहिलेसम्मको नतिजामा कुनैपनि दलले बहुमत सिटमा जीत हासिल गर्न सकेका छैनन् । निर्वाचनको नतिजा आउन अझै केही साता लाग्ने भएकाले कसले सरकार निर्माण गर्ने भन्नेमा अहिल्यै निक्यौल भइसकेको छैन ।

Nick Xenophon (C), leader of the Nick Xenophon Team political party, speaks to the press in front of his team candidates Rebekha Sharkie (L), Skye Kakoschke-Moore (2nd L) and Stirling Griff (R) in the Adelaide Hills town of Stirling on July 3, 2016. Australia was in political limbo on July 3 after voters failed to hand Prime Minister Malcolm Turnbull the stability he craved in calling an election, with the nation instead facing the prospect of a hung parliament. Xenophon, recently established his own party which has secured a seat through candidate Rebekha Sharkie. / AFP PHOTO / Brenton EDWARDS
 

निर्वाचनपछि बोल्दै प्रधानमन्त्री टर्नबुलले आफुले बहुमतको सरकार निर्माण गर्न सक्ने आशा ब्यक्त गरेका छन् । सबै मतपरिणाम आइनसकेका कारण सबैले मत परिणाम आउन्जेलसम्म पर्खनुपर्ने उनको भनाई थियो । यता विपक्षी दलका नेता बिल सर्टनले आफ्नो दल पुन फर्केर आउन सकेको दाबी गरेका छन् । सन २०१३ मा भएको निर्वाचनमा अहिलेको भन्दा कम धेरै कम सिटमा उनको दलले जीत हासिल गर्न सकेको थियो ।

यसबर्षको निर्वाचनमा करिब ३० हजार नेपालीहरुले समेत सक्रियताका साथ सहभागिता जनाएका थिए । मुख्य गरेर लिबरल र लेबर पार्टीमा सक्रियताका साथ लागिपरेका नेपालीहरुले पनि आफ्नो दलका उम्मेद्धवारलाई जिताउन विहानैदेखि स्वयंसेवकका रुपमा देशैभरि खटिएका थिए ।

सम्बन्धित शिर्षकहरु