गाजामा ५ घन्टाका लागि युद्ध विराम

साउन १ । काठमाण्डौ, इजरायलमा संघर्ष गर्दै आएको हमासले ५ घन्टाका लागि युद्ध विराम गरेको छ ।

लगातार ९ दिनसम्म गाजामा जारी संघर्ष ५ घन्टाका लागि रोक्न हमास र इजारायल दुवै सहमत भएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायली सेनाका अनुसार दुवै पक्षले त्यहाँको स्थानीय समय अनुसार विहान १० बजे देखि दिउँसो ३ बजेसम्म युद्ध बिराम गरेका छन् ।

दुवै पक्षले आवासीय इलाकामा आपूर्ति सहज गराउन पनि युद्ध विराम गरेका हुन् ।

हमासका प्रबक्ता सामी अबु जुखिरिले यो समयमा रकेट आक्रमण पनि रोकिने बताएका छन् ।

गाजापट्टिमा इजरायलको हमलामा परी अहिलेसम्म २ सय २० जना प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु