२०७५ मै नयाँ शक्ति सबैभन्दा ठूलो दल बन्ने दाबी

Devendra-Poudel_20120513043743पर्वत ।  नयाँ शक्ति अभियान नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले आगामी निर्वाचनवाट नयाँ शक्ति मुलुककै ठुलो दल हुने दावी गरेका छन् ।

नेपाल प्रेस सोसाइटीले शनिवार पर्वतमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पार्टी घोषणा नहुँदै तेस्रो स्थानमा आइसकेको बताउँदै २०७५ सालको संसदीय चुनावबाट मुलुकको पहिलो राजनीतिक दल बन्ने दावी गरेका छन् ।

उनले बाम लोकतान्त्रिक पार्टीको रुपमा अघि बढेको नयाँ शक्तिमा देखिएको आकर्षणले मुलुकको पहिलो पार्टी बन्ने सुनिश्चित रहेको दाबी गरे ।

पौडेलले आउँदो जेठ ३०, ३१ र ३२ गते एक लाख क्रियाशील सदस्यहरुको बीचमा औपचारिकरुपमा पार्टी घोषणा गर्ने तयारी भैरहेको भन्दै अहिलेसम्म झण्डै ७० हजारले सदस्यताका लागि आवेदन दिइसकेको बताए । उनले अनलाइनबाट समेत सदस्यताका लागि २४ हजारले आवेदन दिइसकेको बताए ।

मुलुकलाई कांग्रेस र कम्युनिष्टको सिण्डिकेटबाट अलग राख्नका लागि नयाँ शक्ति अभियान जन्मिएको बताउँदै यो कुनै पार्टीबाट फुटेको नभई नितान्त बैकल्पिक धार भएको दाबी गरे ।

उनले भने जनजीविकालाई कुनै असर नगर्ने गरी नयाँ शक्तिले आफ्ना कामहरु गर्ने बताए । नेपाललाई २० वर्ष भित्रमा अन्तर्राष्ट्रियस्तरको देश बनाउनका लागि पनि नयाँ शक्ति सत्तामा जान आवश्यक भएको बताउँदै पौडेलले आउँदो निर्वाचनमा पहिलो पार्टी बन्नेगरी संगठन विस्तारमा लागेको बताए ।

उनले पार्टी घोषणा हुनुअगावै सवै जिल्ला, सबै गाविस र सबै वार्डहरुमा अन्तरिम संरचना समेत निर्माण गर्न लागिएको बताए ।

अर्को प्रसंगमा पौडेलले नयाँ शक्ति पार्टीले कुनै बन्द हड्ताल र चक्काजाम नगर्ने बताएका छन् । उनले नयाँ शक्तिले कुनैपनि निर्वाचन वहिष्कार नगर्ने बताएका छन् ।

उनले आगामी स्थानीय निकाय, प्रदेश वा संसदीय निर्वाचनमा सहभागी हुनका लागि आफ्नो पार्टीले सबै तयारी गरेको पनि जानकारी दिए ।

पौडेलले नयाँ शक्तिलाई भारतसँग जोडेर हेर्न केहि दलहरुको प्रबृत्ति बेठिक भएको भन्दै कतैवाट कमजोर बनाउने प्रयास जनअधारका कारण सफल नहुने पनि बताए ।

नेता पौडेलले पछिल्लो समयमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई केहि दलहरुले प्रतिसोेध साँध्नेगरी प्रयोग गर्न खोजेको दाबी गरे ।

उनले भने मुलुक शान्ति प्रकृयामा आइसकेकाले फेरी पुरानो कुरालाई बल्झाएर पुन अर्को अशान्ति मच्चाउने खालले आयोगले काम गर्नु हुँदैन निष्पक्ष र पुर्वाग्रह नराखी काम गर्नुपर्छ ।

पौडेलले नेपालमै हिन्दु राज्य बनाउन नहुने तर्क गरे । कुनैपनि देशलाई धर्मको देश बनाउन नहुने बताउँदै अब नेपालमा हिन्दु राष्ट्र काम हुन नसक्ने पनि दाबी गरेका छन् ।

सम्बन्धित शिर्षकहरु