नामिवियाको क्रिकेट टोली नेपाल आइपुग्यो

namibiaकाठमाडौं । नामिवियाको क्रिकेट टोली काठमाडौं आइपुगेको छ । आगामी वैशाख ४ र ६ गते हुने आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको नेपालसँगको खेलका लागि नामिवियाको टोली काठमाडौं आइपुगेको हो । टोली केही बेरअघि त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले यसअघि भएको पहिलो चरणको खेलमा स्कटल्यान्ड र दोस्रो चरणको खेलमा पपुवा न्युगिनीसँग नेपाल पराजित भएको थियो ।
तेस्रो चरणखेल घरेलू मैदानमा भएकाले नेपालले जित्ने विश्वास लिइएको छ ।

सम्बन्धित शिर्षकहरु