महेश्वर शर्मा,असनेपालन्युज। सिड्नी अष्ट्रेलिया रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया द्वारा आयोजित “नयाँ बर्ष साँगितीक साँझ २०७३ ” भब्यताका साथ सम्पन्न भएको छ। नेपालको विभिन्न ठाउँमा रहेका असक्त तथा अनाथ वालबालीकाको सहयोगार्थ गरिएको सो कार्यक्रममा ख्याती प्राप्त गायक यम बरालले “बादलुको घुम्टोले ईलाम बजार छोपिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झीँदा” “निष्ठुरिले छोडेर गईहाली” भन्ने गितबाट आफ्नो प्रस्तुती शुरु गर्दा दर्शकहरु उत्साहित र धेरै खुशि देखिन्थे उनले गाएको हरेक गितहरुमा दर्शकहरु तालीबजाई नाचेका थिए।
यसैगरि नेपालबाटै आएका गायक सनुप पौडेलले “सम्झना आईदिन्छ आँखा रसाई दिन्छ” “दैव हे” भन्ने गितहरुबाट गायीका आकाँक्षा बस्याले “तिमी छौ र त माया छ”र सिड्नीमा बस्दै आएकी गायीका सुजाता उपाध्याय मानन्धरले “तिम्रो मैन ईसारा “जस्ता गितहरुबाट जोडदार साँगितीक प्रस्तुती दिएका थिए।
गायीका सुजाता उपाध्याय मानन्धर को साँगितीक प्रस्तुतीमा गायक ईश्वर पोखरेलले साथ दिएका थिए।सिड्नीमा हुने कार्यक्रमहरु मध्ये केहि पृथक तथा साँगितिक माहोल बोकेको सो कार्यक्रम Orion Reception Centre 155 Beamish St Campsie ९ तारिक शनिबार साँझ ६:३० बजेबाट सुरुभएको हो। प्रत्यक्ष रुपमा यम बरालको साँगितीक प्रस्तुती हेर्न पाउँदा दर्शकहरु असाध्यै उत्साहित देखिन्थे। साथै कार्यक्रममा हाल सिड्नीमा रहेका बरिष्ठ हाँस्य कलाकार राजाराम पौडेल,शब्दमाला नेपलिज ल्याङ्गोईज स्कुल र कार्यक्रमको टाईटल स्पोनसर फोर नेसन ईन्टरनेसनल लाई Token of love बाट सम्मानित गरिएको थियो।कार्यक्रमका प्रमुख अतीथी रहेका न्यु साउथ वेल्स महावाणिज्य दूत दिपक खड्का र रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष राज खनालले संयुक्त रुपमा Token of love प्रदान गरेका थिए भने टाईटल स्पोनसर फोर नेसन ईन्टरनेसनल लाई कार्यक्रमका विशेष अतीथी रहेका बरिष्ठ हाँस्यकलाकार राजाराम पौडेलले प्रदान गरेका थिए।
शब्दमाला नेपलिज ल्याङ्गोईज स्कुलका कलाकार भाईबहिनीहरुले नेपाली र अष्ट्रेलियन राष्ट्र गान साथ साथै आकर्षक नृत्य पनि प्रस्तुत गरेका थिए।सो कार्यक्रममा ईश्वर पोखरेल ले सबै अतीथीहरुलाई स्वागत गर्दै दर्शकहरुलाई धन्यबाद दिएका थिए।साथै कार्यक्रमा रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाका महासचिब कृष्ण गैरे ले आयोजक संस्थाका कार्यकारी पदाधिकारीहरुलाई परिचयात्मक प्रस्तुती दिएका थिए।सो कार्यक्रममा रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाकी सदस्य सृजना खड्काले आकर्षक नृत्य प्रस्तुत गरेकि थिईन।
कार्यक्रमा एन आर एन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल,एन आर एन अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन,एन आर एन अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स स्टेट कोडिनेटर दिनेश पोखरेल उपस्थित हुनुहुन्थ्यो भने दर्शकहरुले हल खचाखच भएको थियो। नयाँ बर्ष साँगितीक साँझ २०७३ को कार्यक्रमका संयोजक ईश्वर पोखरेल थिए भने संस्थाका अध्यक्ष राज खनालले कार्यक्रम सफल बनाउने सबै प्रती आभार प्रकट गर्दै धन्यबाद दिएका थिए। कार्यक्रमको उद्घोषण महेश्वर शर्माले गरेका थिए। कार्यक्रमका फोटोग्राफरहरु:सुमन ढुङ्गाना ससांक र राजेश रहेका छन।असनेपालन्युज।


































