ऋतिक बिरुद्ध कंगना अदालत जाने

मुम्बई । ऋतिक रोशन र कंगना रनौतबीच सुरु भएको झगडाले गंभिर मोड लिएको छ ।

उनीहरुको कुरा सुन्दा केही अघिसम्म यस्तो लाग्थ्यो । उनीहरुको विवादको फैसला अदालत नपुग्दै टुंगोमा पुग्छ । अहिलेको परिस्थिती त्यस्तो देखिंदैन । कंगनाले ऋतिक र उनको टिमले आफ्नो बिरुद्ध गलत प्रचार गरेको भन्दै अदालत जाने योजना बनाएकी छिन् ।

केही भारतीय मिडियाले उल्लेख गरे अनुसार ऋतिक रोशनको एकाउन्ट ह्याक गरेर कसैले कंगनालाई इमेल पठाएको थियो । कंगनाको वकिल रिजवान सिद्दिकीका अनुसार ऋतिकले कंगनाको वारेमा भ्रम फैलाउनका लागि केहि दुश्प्रचार गरेका छन् । केही ब्यक्तिले मिडियालाई गलत ब्याख्या गरेको पनि उनको भनाई छ ।

ऋतिक र उनको टिमले अदालतमा उजुरी गर्ने सम्भावना नदेखेपछि कंगनाको दुश्प्रचारमा उत्रेको पनि केही मिडियाले उल्लेख गरेको छ । आफ्नो दुश्प्रचारको बिरुद्ध कंगना अब अदालत जाने भएकी छिन् । कंगनाको यो अभियानमा उनकी बहिनी रंगोलीले पनि साथ दिने भएकी छिन् ।

सम्बन्धित शिर्षकहरु