महेश्वर शर्मा ,
सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सल द्वारा आयोजीत “दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी” महोत्सबको तेस्रो तथा अन्तिम दिन एक भब्यकार्यक्रमका साथ सम्पन्न भयो। Himalayan Resta
urant 434 Princess Hwy Rockdale मा भएको कार्यक्रम बिहान १० बजेबाट सुरुभएको थियो। विश्वका विभिन्न देशबाट दुई दर्जनभन्दा बढी साहित्यकारहरु सिड्नीमा आउनु भएको सो कार्यक्रममा अमेरिका, कोरिया, भारत, नेपाल, इजरायल, हंङ्कङ र अस्ट्रेलियाका विभिन्न राज्यहरुबाट सहभागिहरु सिड्नीमा भाग लिन आउनुभएको थियो।
नेपाली भाषा र साहित्यको विकासमा लामो समय अध्ययन, अनुसन्धान र अध्यापन गर्नुभएका डा गार्गी शर्मा, डा खगेन्द्र लुईटेल, लिला लुईटेल, विन्ध्या सुब्बा, अनेसास अध्यक्ष पदम विश्वकर्मा ,अनेसासका सँस्न्थापक होम नाथ सुबेदी, डा कविता लामा, डा पुष्पा शर्मा, भयवादका प्रवद्र्धक तथ हंङ्कङमा सक्रिय साहित्यका देश सुब्बा, निशा अर्याल, दुर्गा रिजाल हुनुहुन्थ्यो । यस्तै सिड्नीमा बस्दै आउनु भएका साहित्य प्रेमिहरू केदार पोखरेल, उमा कार्कि, निशा अर्याल ,दुर्गा घिमिरे , नवराज कार्की, अनेसासको संस्थापक अध्यक्ष एवं संरक्षक होमनाथ सुवेदी,ईन्द्रा वन कार्यक्रममा सहभागि हुनुहुन्थ्यो । अस्ट्रेलियाको भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, पश्चिम अस्ट्रेलिया, क्विन्सल्याण्ड र न्यु साउथ वेल्स राज्यहरुबाट पनि सम्मेलनमा भागलिन आउनुभएको हो । कार्यक्रमको तेस्रोदिन महिला साहित्य तथा महिलाहरुले भोगेका पीडा र महिलासाहित्य सम्बन्धि जिज्ञासुमहिलाहरुले सोधेका प्रश्नको जवाफ डा कविता लामालेदिनुभएको थियो।कार्यक्रमा लिला लुईटेलले महिलाहरुले भोगेका पीडा अब लुकाउननहुने भन्दै महिलाहरु अझअगाडि बढ्नु पर्नेमा जोड दिएकीथिईन।
कार्यक्रमा त्रिभुवन विश्वविध्यालयाका प्राध्यापक लेखक तथा समालोचक डा खगेन्द्र लुईटेलले अत्यन्त रोचक किसिमबाट महिला र पुरुष एक रथका दुई पाँग्रा हुन भन्दै महिलासाहित्यमा आफ्ना गहकिला विचार प्रस्तुत गरेका थिए।कार्यक्रममा दुर्गा रिजालले छन्दमा लेखिने कविताको बारेमा प्रकास पारेकीथिईन। अनेसास अष्ट्रेलिया च्यापटरकी उपाध्यक्ष सानु घिमीरेले अष्ट्रेलियामा रहेका महिलासाहित्यको ईतिहास सम्बन्धि कार्यपत्र प्रस्तुत गरेकि थिईन। अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष तथा क्षेत्रीय संयोजक भीमसेन सापकोटाले अतिथिहरुलाई स्वागत गर्दै र अत्यन्तै रोचक किसिमबाट कार्यक्रमको सन्चालन गर्नुभयो।कार्यक्रममा एक दर्जन भन्दा बढि साहित्यकारहरुले गजल,कविता र मुक्तक वाचन गरेका थिए। कार्यक्रममा डा गार्गी शर्मा, विश्वकर्मा,होमनाथ सुवेदी,देश सुब्बा,उमा कार्कि, डा पुष्पा शर्मा , विन्ध्या सुब्बा , लतिका जोशि निशा अर्याल , देश सुब्बा , उमा कार्कि लगायतले आफ्ना गहकिला विचार प्रस्तुत गरेका थिए ।कार्यक्रमा सभापतित्व गर्नुभएको अनेसास अध्यक्ष पदम विश्वकर्माले कार्यक्रमको समापन गर्दै सबैप्रति आभार प्रकट गर्दै धन्यबाद दिएका थिए।कार्यक्रममा कवि नवराज कार्कि, विजय सुब्बा लगायत ३५ भन्दा बढीले आ-आफ्ना रोचक कविता , गजल र मुक्तक वाचन गरेका थिए।
कार्यक्रमको स्पोन्सरहरूमा एक्स्पर्ट एजुकेशन तथा भिसा सर्भिसेज , इन्नोभेटिभ असोसिएट ,करि मनिटर ,एभरेस्ट कम्युनिकेशन ,प्यासिफिक कलेज , हाम्र्ो कलेज , लिटल नेपाल ,शीतल ट्रेडर्स ,मण्डला कन्सल्टेन्सी ,क्राउन इस्न्टिट्युट ,एन्जेल मुभि, बाबा कन्सल्टेन्सि ,लगायत का संघ संस्थाह्ररू रहेका थिए ।
एन एस डब्लु च्याप्टर का अध्यक्ष महेन्द्र पौडेल , उपाध्यक्ष सानु घिमिरे , महसचिव बिकास उप्रेति, सह सचिव सुरेन्द्र दवाडि, अन्य पदाधिकारीहरू , ममता तिवारी , तृप्ति पाण्डे ,महेश्वर शर्मा , आलोक कोईराला , दीपक निरौला , पर्थ च्याप्टरका प्रतिनिधिहरू गणेश अधिकारी , राजेश बुढाथोकी , शैलेश शैलेश मैनाली , निरज क्षेत्रि, मेलवर्न बाट दिक्पाल देव पङ्गेनि, देव ललिता , राम कुमार श्रेष्ठ , एडेलेड बाट दिपक विस्ट लगायतले कार्यक्रममा विभिन्न जिम्वेवारी सम्हाल्नु भएको थियो । कार्यक्रममा विश्व कवि गोश्ठिलाई केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटाले र दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन लाई सानु घिमिरेले संयोजन गर्नु भएको थियो ।








