महिलासँग आपत्तिजनक अवस्थामा भेटिए सत्तारुढ दलका सांसद

kausalendra nathमाघ २७ । काठमाडौं, समाज र देशको नेतृत्व गर्न भनेर कसमा खाएर राजनीतिमा लागेका भारतका एक सांसद महिलासँग आपत्तिजनक अवस्थामा फेला परेका छन् ।यूपीको राजधानी लखनऊमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ९बीजेपी०का पूर्व विधायक (सांसद) योगी कौशलेन्द्र नाथ आफ्नै फ्ल्याटमा परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको अवस्थामा फेला परेका छन् । भारतीय च्यानल आजतकका अनुसार ती सांसद र अर्की एक महिलालाई यौनसम्पर्क राखिरहेको अवस्थामा रंगेहात फेला पारिएको हो ।

लखनऊ प्रहरीले यो घटनाको जाँच गरिरहेको छ । समाचार अनुसार एक महिला आफ्नो भाईका लागि जागिर माग्न पूर्व सांसद कौशलेन्द्रको घर गएकी थिइन् । उनका भाई बाहिर उभिएका थिए र महिला घरभित्र थिइन् । धेरै समयसम्म उनी बाहिर नआएपछि नजिकै रहेका उनका पति उनलाई खोज्दै भित्र पसे । जहाँ उनले आफ्नी श्रीमतीलाई सांसद कौशलेन्द्रको काखमा निवस्त्र भेट्टाए । त्यसपछि उनले तुरुन्त प्रहरीलाई फोन गरेर घटनाबारे सूचना दिएका थिए ।

उनको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो, जहाँ उनकी पत्नि कौशलेन्द्रको घरको छतमा भेटिएको प्रहरीले बताएको छ ।समाचार अनुसार योगी कौशलेन्द्र नाथमाथि केही वर्ष अगाडि पनि एक आफ्नै घरमा काम गरेर बस्ने महिलालाई रक्सी पिलाएर बलात्कार गरेको आरोप लागिसकेको छ । तर, बलात्कारको पुष्टि हुन नसक्दा उनीमाथि कारवाही भएको थिएन ।

सम्बन्धित शिर्षकहरु