मध्यरात भूकम्प आएपछि मानिसहरुको भागभाग

earth-quakeमाघ २३। काठमाडौँ,  राजधानीमा शुक्रबार बेलुका भूकम्पको कडा धक्का महसुस गरियो । गोरखा भूकम्प गएको १० महिना बित्न लाग्दासमेत परकम्प आउने क्रम नरोकिँदा मानिसहरु मध्यरात रुवावासी गर्दै घरबाहिर निस्किएका थिए।

शुक्रबार राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.५ रिक्टर स्केलको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर अर्को परकम्प गएको हो । उनले शुक्रबारको भूकम्प नयाँ नभएको बताए ।

रातको समयमा भूकम्प आएका कारण नागरिक भने डर र त्रासका कारण सडकमा निस्किए। गोरखा भूकम्पपछि हालसम्म ४२८ वटा चार रिक्टर स्केलमाथिका परकम्प गएका छन् ।

सम्बन्धित शिर्षकहरु