सहिदको सपना साकार पार्न कृतसङ्कल्पित बनौँः राष्ट्रपति

bidhya-nepalमाघ १६ । काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सकेमा मात्र सहिदप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले यसतर्फ सबै नेपाली एकताबद्ध भएर लाग्न जरुरी रहेको बताएकी छिन्।

सहिद दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त
रूपले समाहित भई ज्ञातअज्ञात सहिदको सपना साकार पार्न कृतसङ्कल्पित बन्न प्रेरित गर्न सकोेस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।

“संविधानले सबैको अधिकार सुनिश्चित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिसकेकाले अब त्यसको सफल र कुशल कार्यान्वयन गरी समृद्धितर्फको यात्रालाई एकता तथा सहमतिसहित अगाडि बढाउनु हामी सबै नेपालीको साझा कर्तव्य र दायित्व हो, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै बृहत्तर राजनीतिक सहमति र सार्थक प्रयासबाट आर्थिक विकासको एजेन्डातर्फ अगाडि बढ्नु अबको प्राथमिकता हुनुपर्दछ”– सन्देशमा भनिएको छ ।

उनले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता, आत्मगौरव एवम् मानवाधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिद शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति पनि श्रद्धाञ्जलि अर्पण गरेकी छन. ।

सम्बन्धित शिर्षकहरु