आदेश पालना गर्न ईराकीलाई निर्देशन

काठमाडौ, इराकमा संघर्षरत चरम्पन्थी समूह आईएसआईएसका नेता अबु बकर अल बगदादीले सबै मुसलमानले आफ्नो आदेश पालना गर्न निर्देशन दिएका छन् ।
बगदादीले आफ्नो पहिलो भिडियो सन्देश जारी गर्दै आईतवार यस्तो निर्देशन दिएका हुन ।

केहि दिनअघि इराक र सिरियाका विभिन्न क्षेत्र कब्जा गर्दै आफ्नो शासन लागू भएको दाबी गरेको जेहादी समूहले अबु बकर अल बगदादीलाई आफ्नो सर्वोच्च नेताका रुपमा घोषणा गरेको थियो ।

बग्दादीले यो भिडियो शुक्रबार उत्तरी इराकको मोसुलस्थित अल नुरी मस्जिदबाट सार्वजनिक गरेको अनुमान गरिएको छ ।

इराकी सेनाको कारबाहीमा जेहादी समूहका सर्वोच्च नेता बगदादी मारिएको खबर सार्वजनिक भएको केही दिनमा उनले भिडियो सार्वजनिक गरेका हुन् ।
बगदादीको नेतृत्वमा इराकमा विभिन्न सुन्नी मुस्लिम समूहले सहरहरु कब्जा गरिरहेका छन् भने सरकारविरुद्ध कडा संघर्ष गरिरहेका छन् ।

सम्बन्धित शिर्षकहरु