काठमाडौं, जनयुद्धकालीन् मुद्धाहरू एकपछि अर्कोगरी विउँताउन लागिएको भन्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर आशंका व्यक्त गरेका छन् । आइतबार कैलालीमा आयोजित पार्टीको सात नं. प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार नियोजित रूपमा लागेको हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।
प्रशिक्षणमा सम्बोधन गर्दै प्रचण्डले भने जनयुद्धालिन मुद्धाहरू तत्काल फिर्ता नलिए सरकारसँग अन्तिम पटक गम्भीर वार्ता हुने छ, यदी त्यसमाबाट समाधान निस्किएन भने हामी सरकारबाट बाहिरिन्छौं ।
नौ जिल्लाबाट सहभागि भएका कार्यकर्ताहरूले खचाखच भरिएको प्रशिक्षण हलमा प्रचण्डले भने, ‘एक पछि अर्को गरी जनयुद्धकालीन मुद्धा व्यूँताउनु सहमति विपरितको कुरा हो ।’








